सहकारी अभिवादन ।
सर्वप्रथम यस दाम्राभिट्टा साकोसको वेवसाइट भ्रमण गर्नु भएकोमा आभार प्रकट गर्दछु । २०५४ सालमा स्थापना भई २०५५ असारमा दर्ता भएको यस संस्थाले समुदायमा आधारित भएर शेयर सदस्यहरुको बृहत्तर हितलाई ध्यानमा राखी सोही बमोजिम वित्तीय र गैर वित्तीय सेवाहरु सञ्चालन गदै आएको छ । संस्थालाई अति मितव्ययी किसिमले सञ्चालन गरिएको छ । परिवर्तनको सुरुवात आफैबाट र आजैबाट गर्नुपर्छ भन्ने कुरालाई मनन गर्दैं अति आवश्यक खर्चहरु मात्र गरी अनावश्यक खर्चहरुलाई कटौटी गर्दै लगिएको छ ।
संस्थालाई प्रविधी मैत्री बनाउनको लागि आधुनिक सुविधायुक्त मोबाइल बैंकिङ सेवा, क्यू आर सेवा सञ्चालन गरिएको छ भने वेवसाइट र फेसबुक पेजमार्फत संस्थाका वित्तीय र गैर वित्तीय सेवाहरुको जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
संस्थामा लगानीमा रहेको ऋण व्यवस्थापनको लागि सकभर ऋणको भाखा नाघ्न नदिने, नाघिहालेमा नियमित ताकेता, भेटघाट, पत्राचारको माध्यमबाट असुली गरिएको छ भने कतिपय ऋणहरुलाई कानुनी प्रक्रियाबाट असुल गरिएका छन् । शेयर सदस्यहरुको खातामा रहेको बचतनिक्षेपलाई सदस्यले फिर्ता माग्न आएको बेला तत्कालै फिर्ता दिन सक्ने गरी आवश्यक तरलताको व्यवस्थापन गरिएको छ ।
अन्त्यमा, शेयर सदस्यहरुलाई निर्धक्क रुपमा संस्थामा कारोवार गर्न अनुरोध गर्दै संस्थालाई यो स्थान सम्म ल्याउन अहम भूमिका खेल्नुहुने पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालक समिति, कर्मचारी व्यवस्थापन र शेयर सदस्यहरुप्रति आभार प्रकट गर्दछु ।
धव्यवाद, जय सहकारी
अध्यक्ष
होमनाथ पोखरेल