मोरङ जिल्लाको साविक इटहरा गाविस, वडा नं. ६ स्थित दाम्राभिट्टा बजारमा ५१ जना उत्साहित समाजका अगुवा व्यक्तिहरुको रु ५१,०५१ शेयर पुँजी बाट वि.सं. २०५४ साल चैत १ गते दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि।को स्थापना भएको थियो । संस्थाको विधिवत दर्ता डिभिजन सहकारी कार्यालय, मोरङमा दर्ता नं। ५०–१३९–०५४–०५५ मा भएको हो । मोरङ जिल्लाको रतुवामाई नगरपालिका र सुनवर्सी नगरपालिकाका सबै वडाहरु कार्यक्षेत्र रहेको यो संस्थाले त्यस क्षेत्रका विपन्न वर्ग, कृषक, मजदुर, व्यापारीहरुलाई सर्वसुलभ वित्तिय सेवा प्रदान गर्दै आएको छ । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई एकिकृत गरी शेयर सदस्यहरुको व्यापार व्यावसायमा लगानी गरी उनीहरुको आर्थिक तथा सामाजिक जिवनस्तर उकास्नु नै यस सहकारी संस्थाको मुख्य उद्धेश्य रहेको छ । नेफ्स्कुनबाट संचालित एक्सेस कार्यक्रममा सहभागी भई २०७६ सालमा सो कार्यक्रमको अन्तिम अडिट सम्पन्न गरी कास्य पदक समेत प्राप्त गरीसकेको यो संस्थाले हाल पुनः नेपालको बचत तथा ऋण सहकारी सस्थाको सर्वाेच्च छाता संगठन नेफ्स्कुन संग स्क्यान कार्यक्रमको समेत सम्झौता गरेको छ ।


