(१) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गरी सो बचतलाई उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्ने ।
(२) सदस्यहरुको व्यक्तिगत एवं सामूिहक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणका लागि कृषिजन्य वस्तुको उत्पादन, संकलन, बजारीकरण तथा प्रशोधनको कार्य गर्ने ।
(३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल बहुउद्देश्यीय व्यवसायको प्रवद्र्धन तथा उद्योग स्थापना र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने ।
(४) नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार र अन्य दातृ संस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने अनुदान स्वीकार गर्ने ।
(५) आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनहरुसंग समन्वयात्मक भावना राख्ने ।
(६) सदस्यहरुको समूह र विकासका अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य संचालनका लागि चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय–विक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, धरौटी राख्ने, बन्धक राख्ने ।
(७) सदस्यहरुको क्षमता विकास तालीमका लागि विभिन्न सीप विकास तथा उद्यमसिलता र समय सापेक्षा विभिन्न प्रकार तालीमहरु संचालन गर्ने ।
(८) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक र सामाजिक उत्थानमा सहयोग पुर्याउने ।
(९) प्रचलित कानून बमोजिम संस्थाले उपभोग गर्न पाउने छुट तथा सहुलियत सुविधाहरुको उपभोग गर्ने ।
(१०) सदस्यहरुको मागका आधारमा उपभोग्य सामग्रीको कारोवार, बहुउद्देश्यीय उपज तथा औजारको कारोवार, स्वास्थ्य बीमा तथा संस्थागत एजेन्सी मार्फत लघु बीमा कार्यक्रम संचालन गर्ने ।
उधेश्य
19 February 2019 08:18


