व्यवस्थापकको प्रतिवद्धता

20 February 2019 10:06

सहकारी ऐन २०४८ बमोजिम वि.स. २०५४ साल चैत्र महिनामा स्थापना भई वि.स. २०५५ साल असार ७ गते विधिवत रुपमा दर्ता भएको यस दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि. ले यस क्षेत्रमा छरिएर रहेको स–सानो पुँजीलाई संकलन गरी यसै क्षेत्रका उद्योगी, व्यापारी, कृषक समुदायमा सस्तो व्याजदरमा ऋण सेवा उपलब्ध गराई उनीहरुको आर्थिक विकासमा टेवा पुर्याउदै आएको छ । बचत संकलन तथा ऋण प्रवाहलाई मुख्य उद्देश्य बनाएको यस संस्थाले यसका अतिरिक्त शेयर सदस्यहरुको सामाजिक तथा सांस्कृतिक विकासका लागि विविध गतिविधिहरु समेत सञ्चालन गर्दै आएको छ ।
सुरुमा ५१ जना शेयर सदस्यबाट सुरु भएको यो संस्थाले आफ्नो छिटो छरितो, गुणस्तरीय तथा प्रविधियुक्त सेवाको माध्यमबाट शेयर सदस्यहरुको मन जित्न सफल भई त्यो ५१ जनाको परिवार आज ४ हजार जनाको साझा चौतारी बन्न सफल भएको छ । संस्थाले राखेको आफ्नो परिकल्पना तथा ध्येय प्राप्तीको लागि तथा निर्दिष्ट लक्ष्य र उद्देश्यहरु पुरा गर्नका लागि योजनाबद्ध रुपमा विभिन्न व्यावसायिक तथा रणनितिक योजनाहरु बनाई संस्था अघि बढिरहेको छ । संस्थालाई हालको क्षणिक लाभ र विकासका बारेमा मात्र नसोचि संस्थालाई दिगो रुपमा संस्थागत विकास गदै राष्ट्रिय रुपमा मात्रै नभई अन्तराष्ट्रिय रुपमा संस्थालाई परिचित गराउन हामि प्रयासरत छौं जसको लागि एक प्रयास स्वरुप हाल संस्था नेफ्स्कुनद्धारा सञ्चालित ACCESS BRANDING कार्यक्रमको अन्तिम लेखा परिक्षण गरी संस्थाले सफलता हासिल समेत गरिसकेका छौं । संस्थाले कास्य (BRONZE) पदक प्राप्त गरेको छ ।यो कार्यक्रममा सफलता संगै यो संस्था एसियालि मापदण्ड अनुसारको बचत तथा ऋण सहकारी संस्था भएको छ भने संस्थाको छवी अन्तराष्ट्रिय रुपमा समेत फैलिएको छ । यो कार्य सफतला नजिक पु¥याउन तथा संस्थाको दिगो संस्थागत विकासका लागि अनवरत रुपमा लागिरहने सिंङ्गो सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, शेयर सदस्यहरु, बुद्धिजिवि बर्ग, नेफ्स्कुन, जिल्लागत सहकारी संघहरु तथा कर्मचारी परिवारबाट प्राप्त सहयोग, सुझाव र सद्भाव प्रति हार्दिक आभार प्रकट गर्दछु साथै आगामी दिनहरुको संस्थागत हित र शेयर सदस्यहरुको हितलाई सर्वोपरी मान्दै दिगो संस्थागत विकास तथा शेयर सदस्यको लगानीका उच्च सुरक्षा गदै छिटो छरितो, सर्वसुलभ, गुणस्तरीय र प्रविधियुक्त सेवा प्रदानका लागि मेरो ज्ञान, सिप, बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदैव आफ्नो सिङ्गो कर्मचारी परिवारलाई साथमा लिई इमान्दारी पुर्वक लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।

जय सहकारी, धन्यवाद

ब्यवस्थापक
सोमनाथ अर्याल