पृष्ठभुमी

19 February 2019 08:16

मोरङ जिल्लाको साविक इटहरा गाविस, वडा नं. ६ स्थित दाम्राभिट्टा बजारमा ५१ जना उत्साहित समाजका अगुवा व्यक्तिहरुको रु ५१,०५१।– शेयर पुँजी बाट वि.सं. २०५४ साल चैत १ गते दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको थियो । संस्थाको विधिवत दर्ता डिभिजन सहकारी कार्यालय, मोरङमा दर्ता नं. ५०÷१३९–०५४÷०५५ मा भएको हो । मोरङ जिल्लाको साविकका इटहरा, सिजुवा र गोविन्दपुर गाविस कार्यक्षेत्र बनाई यो संस्थाले त्यस क्षेत्रका विपन्न वर्ग, कृषक, मजदुर, व्यापारीहरुलाई सर्वसुलभ वित्तिय सेवा प्रदान गर्दै आएको छ । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई एकिकृत गरी शेयर सदस्यहरुको व्यापार व्यावसायमा लगानी गरी उनीहरुको आर्थिक तथा सामाजिक जिवनस्तर उकास्नु नै यस सहकारी संस्थाको मुख्य उद्धेश्य रहेको छ ।यस संस्थाले नेफ्स्कुनबाट संचालित ACCESS कार्यक्रममा सहभागी भई २०७६ सालमा एक्सेस कार्यक्रमको अन्तिम अडिट सम्पन्न गरी कास्य (BRONZE) पदक समेत प्राप्त गरीसकेको छ ।