(क) संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्वन पारस्पारिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।
(ख) नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपहरुमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने ।
(ग) उत्पादनशील, आयमुलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने
(घ) आत्मनिर्भरता तथा आत्मविकास सम्बन्धि धारणाबारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
(ङ) सदस्यहरुलाई आय आर्जन क्षमता वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने ।
(च) सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने किसिमका अन्य क्रियाकलाप संचालन गर्ने ।
(छ) साधारण जनताको आर्थिक अवस्थाको बिकास र प्रवद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरुको पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
(ज) दातृ संस्थाहरुबाट कुनै सर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने ।
(झ) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहयोगात्मक सम्बन्ध कायम राख्ने ।
(ञ) सदस्यहरुको सम्वृद्धि र बिकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य संचालनका साथै चल अचल सम्पत्ती आर्जन गर्ने, क्रयविक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, चन्दा दिने, धरौटी राख्ने, बन्धक राख्ने आदि कार्य गर्ने
(ट) सदस्यहरु र संस्थागत बिकासका लागि आय आर्जन परियोजना संचालन गर्ने ।
(ठ) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
(ड) अन्य संघ संस्थाबाट ऋण लिने र दिने ।
उधेश्य
19 February 2019 08:18